अत्तरियाको दुर्गालक्ष्मीमा स्ववियु मतदान सुरु

२०८१ चैत्र २७, ०८:५८
धनगढीः कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतदान सुरु भएको छ।
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पस रहेको दुर्गालक्ष्मीमा निर्धारीत समयमै मतदान सुरु भएको हो। सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहित १२ क्याम्पसमा आज निर्वाचन भैईरहेको छ।



कमेन्ट लोड गर्नुस