कैलालीबाट चेक अनादर मुद्दामा फरार दुई जना पक्राउ

धनगढीः कैलालीबाट चेक अनादर मुद्दामा फरार दुई जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ हजार जरिवाना तोकिएपछि फरार रहेका कञ्चनपुरको पुनर्वास नरपािलका ३ बस्ने ४४ वर्षीय शुकलामा तामाङ्ग र सोही मुद्धामा १ हजार रुपैया जरिवाना तोकिएको सोही ठाउ बस्ने ५० वर्षीया विन्दु श्रेष्ठ पक्राउ परेका छन्।

दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार धनगढी उपमहानगरपालिका १ जिल्ला प्रशासन कार्यालय नजिकबाट पक्राउ गरी कैलाली जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।

