डोटी मिनी ट्रक दुर्घटना अपडेटः घाईते लोकबहादुर पल्ली मगरको मृत्यु

डोटीः डोटीमा सोमवार मध्याह्न साढे १२ बजेतिर बडीकेदार गाउँपालिका–३ देउथानमा मिनी ट्रक दुर्घटना हुँदा घाइते भएका जनजागरण सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्ली मगरको मृत्यु भएको छ।
घाईते भएका पल्लीमगरलाई स्थानीय स्वास्थ्यचौकी मूलीचौरमा सामान्य उपचार पश्चात थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पुर्याएपछि चिकित्सकले चेक जाँच गर्दा सोमवार राति १ः३० बजेको समयमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले जनाकारी दिए।

सोही ठाउ बस्ने २३ वर्षीय अनिल लामा घाईते भएका छन् लामाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको भईरहेको प्रहरीले जनाएको छ। चालक भने अझै फरार रहेको र उनको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ।


जनजागरण सामुदायिक वनमा सडेगलेका काठ सङ्कलन गरी नजिकै सेलानेको खोलामा घाटमा गद्दी (जम्मा) गर्न लैजाँदै गरेको बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनी ट्रक सोमवार दुर्घटनामा परेको थियो।
सवारी अनियन्त्रित भएर सडक किनारामा पल्टिँदा ट्रकमा सवार बडिकेदार गाउँपालिका–३ देवलका २७ वर्षीय सन्तोष गुरुङको ट्रकमा रहेका काठले च्यापिएर घटनास्थलमा नै मृत्यु भएको हो।