धनगढीमा ट्याङ्करले स्कुटरलाइ ठक्कर दिँदा एक महिला घाइते

धनगढीः कैलालीको धनगढीमा ट्याङ्करले स्कुटरलाइ ठक्करदिँदा एक महिला घाइते भएकी छन्।
धनगढी उपमहानगरपालिका–५ सत्कार चोक स्थित चालक धनगढी उपमहानगरपालिका–१३ बस्ने गजेन्द्र थापाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ क २९११ नम्बरको ट्याङ्करले सुदूरपश्चिम प्रदेश ०१०१२ प ७६९ नम्बरको लक्ष्मी चौधरीले चलाएको स्कुटरलाइ आइतवार ठक्कर दिँदा उनि घाइते भएकी प्रहरीले जनाएको छ। उनको नवजीवन अस्पताल धाानगढीमा उपचार भइरहेको जनाइएको छ।


