सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको एक घरमा आगलागी 

२०८१ चैत्र २१, १२:०१ खबर संवाददाता

बैतडीः बैतडीको एक घरमा आगलागी भएको छ।

जिल्लाको पुर्चौंडी नगरपालिका–३ देउलाडका विरेन्द्र बोहराको एक तले कच्ची घरमा बुधवार राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। आगलागीबाट बोहराको घरमा भएका अन्नपात, लत्ताकपडा जलेर नष्ट भएका छन्। क्षतिको एकीन विवरण भने आउन बाँकी रहेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस