कैलालीकी एक महिला ५ दिनदेखि सम्पर्क विहीन

२०८१ माघ १७, १२:३४
धनगढीः कैलालीकी एक महिला ५ दिनदेखि सम्पर्क विहीन भएकी छिन्।
जिल्लाको कैलारी गाउँपालिका-५ हसुलियाको गोबरैला गाउँ घर भई हाल धनगढी उपमहानगरपालिका-७ मोतीचोक बस्ने ३२ वर्षीया अनिता चौधरी सम्पर्क विहीन भएकी हुन्। उनी गत आइतवार (१३ गते)बाट सम्पर्क विहीन भएको उनका श्रीमान प्रकाश चौधरीले जनाकारी दिए। उनलाई कसैले देखे वा भेटेमा नजिकको प्रहरी कार्यालय अथवा ९८२४६११४४३ मा सम्पर्क गर्न प्रकाशले आग्रह गरेका छन्।


कमेन्ट लोड गर्नुस