सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दामा फरार धनगढीकी एक युवती पक्राउ 

२०८१ माघ १२, ०७:२५ खबर संवाददाता

धनगढीः लागूऔषध मुद्दामा फरार धनगढीकी एक युवती पक्राउ परेकी छिन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने २८ वर्षीया सन्ध्या चौधरी पक्राउ परेकी हुन्। चौधरीलाई अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार ट्राफिक चौराहा नजिकबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस