सुदूर नेपाललाई विश्वसँग जोड्दै

महा कुम्भः मकर सङ्क्रान्तिमा बिहान १०ः३० बजेसम्म एक करोड ३८ लाख भक्तजनले गरे सङ्गममा स्नान

२०८१ माघ १, ०३:४५

उत्तर प्रदेश, भारतः महाकुम्भ २०२५ को पहिलो ‘अमृत स्नान’ को अवसरमा मङ्गलबार बिहान १०ः३० बजे (स्थानीय समय) सम्म एक करोड ३८ लाख श्रद्धालुले यहाँ सङ्गममा पवित्र स्नान गरेको अधिकारीहरूले बताएका छन्।

विश्वकै सबैभन्दा ठूलो जमघटको पहिलो दिनमा एक करोड ५० लाखभन्दा बढी तीर्थयात्रीले सङ्गममा पवित्र स्नान गरेका थिए। यसैबिच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मङ्गलबार पहिलो ‘अमृत स्नान’ मा सहभागी भएका सबै भक्तजनलाई हार्दिक बधाई दिएका छन्।

एक्समा पोस्ट गर्दै मुख्यमन्त्री योगीले यस पवित्र कार्यक्रमलाई भारतको सनातन संस्कृति र आस्थाको जीवन्त प्रमाणको रूपमा वर्णन गरे। सनातन धर्मका १३ अखाडाका साधुहरूले त्रिवेणी सङ्गममा पवित्र स्नान गरिरहेका छन्। महानिर्वाण अखाडाका महामण्डलेश्वर स्वामी चिदम्बरानन्दले कुम्भलाई भारतीय सभ्यताको भव्यताको अनुभव भने। –रासस

कमेन्ट लोड गर्नुस