कपडा बैंक बैतडीले एक वर्षमा गर्यो ८ सय विपन्न परिवारलाई कपडा वितरण
बैतडीः कपडा बैंक बैतडीले एक वर्षको अवधिमा ८ सय विपन्न परिवारलाई कपडा वितरण गरेको छ। अति विपन्न, एकल, असहाय, बेसाहार, तथा टुहुरा बालबालिकालाई लक्षित सञ्चालन गरिएको सो कपडा बैंकले ८ सय विपन्न परिवारलाई कपडा वितरण गरेको हो।
हुनेले दिने, नहुनेले लगेर जाने भन्ने नारासहित स्थापना गरिएको माया घर बैतडीद्वारा सञ्चालित कपडा बैंकले कपडा बैंक बैतडीबाट ६१८ र मेलौली शाखाबाट १९२ परिवारलाई गरी ८ सय परिवारलाई लुगा वितरण गरिएको कपडा बैंकका संयोजक महेश भट्टले बताए। विभिन्न व्यक्ति एवं संघसंस्थाबाट प्राप्त कपडालाई अति विपन्न परिवारलाई वितरण गर्ने काम हुँदै आएको उनले बताए।