कञ्चनपुरको भीमदत्त र लालझाडीबाट अबैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त र लालझाडीबाट अबैध सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–१७ मझगाउँ र लालझाडी गाउँपालिका–२ कुन्जबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६२ हजार ३२० बराबरको सामान बरामद गरिएको हो।
उक्त स्थानबाट चिनि, गुडपट्टी, सुर्ती, बिस्कुट, साबुन, हार्डवेयर, किराना लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।