एसईईमा ३.९ जिपिए ल्याएकी डोटीकी सोनी माझीको अठोट–सुदूरपश्चिमलाई नै कर्मथलो बनाउँछु
सुदूरपश्चिमको पहाडी जिल्लामा पढाईको गुणस्तरका विषयमा बेला–बेला चर्चा हुने गरेको छ। तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमै समेत पढाईको गुणस्तरमाथि प्रश्न उठिरहेका बेला पहाडी ७ जिल्लामा त झनै समस्या छ। तर केही विद्यालयले भने गुणस्तरमा छलाङ मारेका छन्। डोटीको राजपुरमा रहेको सुजङ ईङलीस बोर्डीङ स्कुलले पनि गुणस्तरमा आफुलाई अव्वल सावित गर्दै आएको छ।
सोही विद्यालयबाट २०७५ को एसईईमा सहभागी भएकी १५ बर्षीया सोनी माझीले ३ दशमलव ९ जिपिए ल्याएकी छिन्। धेरैले यो नतिजालाई सुदूरपश्चिमको पहाडी जिल्लामा अहिले सम्मकै उत्कृष्ट भएको बताएका छन्। खेलमा बढि नै चाँसो दिने सोनीले एसईईमा पाएको सफलताको श्रेय परिवारका सदस्य र विद्यालयलाई दिएकी छिन्। ‘सुजुङ स्कुलको पढाईको गुणस्तरले नै मलाई पनि एसईईमा सफल बनायो,’ उनले भनिन्, ‘साहेद अन्य विद्यालयमा पढेको भए उच्च जिपिए नआउन पनि सक्थ्यो।’
एसईई दिएर काठमाडौँ गएकी सोनीले अहिले विभिन्न कलेजका विषयमा जानकारी लिईरहेकी छिन्। उनले अध्ययनका लागि काठमाडौँ र अन्य देशमा गएपनि कर्मथलो भने जन्मभुमीलाई नै बनाउने बताईन्। उनले अहिले नै यो पेशा नै रोज्ने भन्ने बारेमा टुङगो नलगाएको बताउँदै कर्मथलो सुदूरपश्चिमलाई नै बनाउने बताईना्। उनी नेपाली कांग्रेस डोटीका महाधिवेशन प्रतिनिधी गोपाल माझीकी छोरी हुन्।