सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऐतिहासिक कोला समौजी मन्दिरमा १२५ किलोग्रामको दमाह चढाइयो

२०८१ पुष २१, ०२:५० खबर संवाददाता

धनगढीः डडेल्धुरा जिल्लाको अजमेरु गाउँपालिका(१ मा रहेको एतिहासिक मन्दिर कोला समौजीमा १२५ किलोग्रामको दाइन (दमाह) चढाइएको छ।

आज पुइलेकबाट उक्त दाइन ९दमाह० को पुजा गरी १२ गाउँका करिब ६८ जना सर्वसाधारणले बाजागाजा सहित मन्दिर पुर्‍याएका हुन्। सुदुरपश्चिम मै पहिलो पटक ठूलो दाइन (दमाह) चढाइएको पूजारी पण्डित देवराज भट्टले बताए ।  दाइन ९दमाह० मन्दिर परिसरमा राखेपछि सर्वसाधारण पनि खुशी देखिएका छन्। ५ फिट ५ इन्च  उचाइ र ४ फिट ६ इन्च चौडाइ भएको १२५ किलोग्रामको दाइन (दमाह) समाजसेवी भक्त बहादुर भण्डारीले चढाएका हुन्।

कमेन्ट लोड गर्नुस