सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा बालिकालाई ठक्कर दिएर जिपचालक फरार

२०८१ पुष १७, ०४:०३ खबर संवाददाता

बझाङः बझाङमा जिपले ठक्कर दिँदा एक बालिका घाइते भएकी छन्।

जिल्लाको जयपृथ्वी नगरपालिका–१०, खेइराकी १२ वर्षीया नविना कुँवर घाइते भएकी हुन्। विद्यालयबाट घर फर्किरहेकी कुँवरलाई दिउँसो २ बजेतिर सुदूरपश्चिम प्रदेश २—०२००१ च ०४६२ नम्बरको जिपले बसपार्कनजिकै ठक्कर दिएको थियो। घाइते बालिकाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।

बालिकालाई ठक्कर दिने जिपका चालक थलारा गाउँपालिकाका ३२ वर्षीय कमल थापा घटनापछि फरार छन्। जिप भने प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक जयबहादुर डाँगीको नेतृत्वको टोलीले फरार चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस