सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा १ लाख मुल्यको अबैध सामान बरामद

२०८१ पुष १३, ०७:४३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा १ लाख मुल्यको अबैध सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ४ हजार ९६० बराबरको सामान बरामद गरिएको हो।

उक्त मूल्य बराबरको चिनी, मिश्री, मटर, खाने तेल, किराना, हाडवेयर लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकी र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गडडाचौकी पठाएको छ।

कमेन्ट लोड गर्नुस