सुदूर नेपाललाई विश्वसँग जोड्दै

मान्यजनबाट टीका र जमरा लगाउने क्रम आज पनि जारी

२०८१ असोज २८, ०७:३४ खबर संवाददाता

आश्विन शुक्लपक्ष द्वादशीको दिन सोमबार पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी छ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ। मान्यजन टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन्। आफ्नो घरमा मान्यजनको हातबाट टीका लगाएसँगै पूर्णिमासम्म आफन्तकोमा गएर टीका ग्रहण गर्ने गरिन्छ।आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेसँगै टीका लगाउने क्रम पनि सकिने संस्कृतिविद्को भनाइ छ।

कमेन्ट लोड गर्नुस