सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा लागुऔषधसहित तीन जना पक्राउ

२०८१ साउन १९, ०८:५६ खबर संवाददाता

अछामः अछाममा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

जिल्लाको कमलबजार नगरपालिका–६ गैरीटाँड बजारबाट कमलबजार–५ कुईकाका ६७ वर्षीय गोरे चलाउने र सोही नगरपालिका–६ बिरपथका ५९ वर्षीय कलम शाही पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय अछाम र अस्थायी प्रहरी पोष्ट गैरीटाँडबाट खटिएको प्रहरीले सोही ठाउँस्थित नेत्र कोल्ड स्टोर संचालन गर्ने गोरेलाई १ सय ३२ ग्राम र तरकारी तथा खुद्रा पसल संचालन गर्ने कलमलाई १ सय १४ ग्राम लागुऔषधसहित पक्राउ गरेको हो।

यस्तै मंगलसेन नगरपालिका–६ ठुलासैनबाट डोटीको दिपायल सिलगढी नगरपालिका–५ का २३ वर्षीय अरूणजंग टेलरलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनालाई १ ग्राम ५ सय ४० मिलिग्राम लागुऔषधसहित अस्थायी प्रहरी पोष्ट ठुलासेनबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस