बैतडीमा घाँस काट्ने क्रममा एक महिला घाइते
२०८१ साउन १७, ०६:१४
बैतडीः बैतडीमा घाँस काट्ने क्रममा एक महिला घाइते भएकी छन्।
जिल्लाको सुर्नया गाउँपालिका–६ कि ४२ वर्षीया मानमति बडु घाइते भएकी छन्। बिहिबार खरबारीमा घाँस काटिरहेको अवस्थामा सल्लाको रुख ढली उनि घाइते भएकी हुन्।
उनको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाइते मानमतिको डडेलधुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
कमेन्ट लोड गर्नुस