सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका एक युवकको भारतमा मृत्यु

२०८१ साउन १५, १२:५४ खबर संवाददाता

बैतडीः बैतडी घर भएका एक युवकको भारतमा मृत्यु भएको छ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सल्ला चमतडाका २४ वर्षीय सुरेश साउँदको भारतको हरियाणामा गाडी दुर्घटनामा परेर मृत्यु भएको उनका दाई मोहन जोशीले बताएका हुन्।

सुरेश ५ वर्षदेखि भारतको एक होटलमा काम गर्दै आएका थिए। काम सकेर कोठा जानेबेला आइतबार राति गाडीले ठक्कर दिएको थियो।

कमेन्ट लोड गर्नुस