जापानमा २०० भन्दा बढी स्थानहरूमा अत्यधिक तापक्रम,तापक्रममा बन्यो रेकर्ड
एजेन्सिः जापानमा आइतबार जापानका २०० भन्दा बढी स्थानहरूमा अत्यधिक तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ।
गर्मीले जापानका ती स्थानहरूको कीर्तिमान तोड्ने अनुमान गरिएको जापान मौसम सङ्घका अनुसार अत्यधिक गर्मीका कारण आउने उष्ण लहर अगस्ट वा सेप्टेम्बरसम्म जारी रहने अपेक्षा गरिएको छ। यसले स्वास्थ्यलाई मात्र नभई कृषि उद्यमलाई असर पार्दा र खाद्य सुरक्षाको जोखिम निम्त्याएको छ।
यहाँको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको र १२ दिनमा पहिलो पटक १३० भन्दा बढी स्थानहरूमा कडा गर्मी भएको मौसम पुर्वानुमान कार्यालयको तथ्याङ्कले देखाएको छ । यसले देशभरका बालबालिकालाई लामो गर्मी बिदा दिन बाध्य बनाएको छ।जापानको शिजुओका सहर देशको सबैभन्दा तातो ठाउँ हो। यहाँ ३८.९ डिग्री सेल्सियससम्म तापक्रम रेकर्ड गरिएको छ।
टोकियो क्षेत्रको फुचु सहरमा तापक्रम ३८ डिग्री सेल्सियस रहेको छ। हाल टोकियोका केही क्षेत्रहरूको तापक्रम ३५.८ डिग्री सेल्सियस पुगेको छ।