अछाममा मलसाप्रोको आक्रमणबाट ३ सय कुखुरा मरे
२०८१ असार २२, ०७:५२
धनगढीः अछाममा मलसाप्रोको आक्रमणबाट ३ सय कुखुरा मरेका छन्।
जिल्लाको साँफेबगर नगरपालिका–३ बुढिगंगाको हिमा देवी बुढाको घर नजिकै रहेको लक्ष्मी ग्रिन हावन एग्रोभेट प्राइभेट लिमिटेड कुखुरा फर्ममा जंगली जनावर मालसाप्रो फर्म भित्र पसेर ३ सय वटा कुखुरा मारेको प्रहरी चौकी साँफेबगरले जनाएको छ।
कमेन्ट लोड गर्नुस