सुदूर नेपाललाई विश्वसँग जोड्दै

कप्तान रोहित, दीपेन्द्र र सन्दीपले क्यानडाको ग्लोबल टी–२० लिग खेल्ने 

२०८१ असार ८, ०५:२७ खबर संवाददाता

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन सदस्यले क्यानडियन फ्रेन्चाइज लिग खेल्ने भएका छन्।

आगामी जुलाई २५ देखि क्यानडामा सुरू हुने ग्लोबल टी–२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने खेल्ने भएका हुन्। दीपेन्द्र र सन्दीप एउटै टिममा छन्। उनीहरू दुवैलाई भ्यानकुभर नाइट्सले अनुवन्ध गरको हो।

दीपेन्द्रले अघिल्लो संस्करणको लिगमा मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए। उनी आवद्ध टिमले  त्यतिबेला लिगको उपाधि समेत जितेको थियो। सन्दीपले पनि मोन्ट्रियल टाइगर्स र टोरोन्टबाट उक्त लिग खेलिसकेका छन्। दीपेन्द्र र सन्दीप रहेको टिममा पाकिस्तानका बाबर आजम, मोहम्मद अमिर, मोहम्मद रिजवानसमेत छन्। दक्षिण अफ्रिकाका डवेन प्रिटोरियस पनि सोही टिममा छन्।

कप्तान रोहित पौडेल टोरन्टो नेशनलमा अनुबन्धित भएका छन्। उनी पहिलोपटक देशबाहिरको फ्रेन्चाइज लिग खेल्न लागेका हुन्। रोहित रहेको टिममा शाहिन अफ्रिदी, कोलिन म्युन्रो, रासी भ्यान देर दुशेन, साद बिन जाफर, निकोलश किर्टन, जुनेद सिद्धिकी लगायतका खेलाडी छन्।  
 

कमेन्ट लोड गर्नुस