‘धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४’ को पहिलो दिन १० खेल खेलाइँदै
धनगढीः एसपीए स्पोर्टस क्लब र स्क्र्याबल क्लब धनगढीको संयुक्त आयोजनामा एसपीए कलेजमा भइरहेको ‘धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४’ सुरु भएको छ।
यही असार ७ र ८ गते उक्त प्रतियोगिता कलेजको परिसमा सञ्चालन भइरहेको हो। वेस्पा इन्टरनेश्नल (डब्ल्यु.ई.एस.पी.ए) स्ट्यान्डआर्डमा बिहान ७ बजे देखी सुरु भएको उक्त प्रतियोगितामा जुनसुकै उमेर समूहका विद्यार्थीले पनि भाग लिन पाउने छन्।
हाल आठ जिल्ला (कञ्चनपुर, कैलाली, दाङ, रुपन्देही, नवलपरासी, चितवन, कास्की र हेटौडा) का विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेली सकेका ११ देख २६ वर्ष उमेर समूहका खेलाडीहरू सहभागी भएका छन्। पहिलो दिन १० खेल खेलाइएपनि दोस्रो दिन भने ५ खेल खेलाइने छ।
उक्त प्रतियोगितामा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, स्थानीय परिकारहरूको स्वाद लिन पाइनुका साथै विभिन्न स्थानबाट आउने प्रतियोगीहरूलाई आवासको व्यवस्था सँगै धनगढी क्षेत्र भ्रमण गराइने व्यवस्था मिलाइएको एसपीए स्पोर्टस् क्लबका अध्यक्ष गोविन्द भट्टले जानकारी दिए।