सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्याडमिन्टन सङ्घ कञ्चनपुरको अध्यक्षमा भट्ट

२०८१ वैशाख २२, ०८:५५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको अध्यक्षमा राहुल भट्ट निर्विरोध निर्वाचित भएका छन्।

कञ्चनपुरको महेन्द्रनगरमा आज सम्पन्न सङ्घको २३औँ साधारणसभा एवम् १४औँ अधिवेशनले भट्टको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।

सङ्घको उपाध्यक्षमा दिलबहादुर धामी र खड्कबहादुर शाह, सचिवमा पुष्करराज भट्ट र कोषाध्यक्षमा पवन जोशी निर्विरोध निर्वाचित भएको ब्याडमिन्टन सङ्घका निर्वतमान अध्यक्ष मीनराज भट्टले बताए। त्यसैगरी सदस्यमा धिरजबहादुर चन्द, सुरेश पन्त, रवी चन्द र गोपालसिंह विष्ट निर्वाचित भएका छन्।

त्यस्तै, निर्वाचन प्रक्रियाका क्रममा उम्मेदवारबाट सङ्कलित शुल्क रकममध्ये सङ्घले ३० हजार ब्याडमिन्टनका खेलाडी क्यान्सरपीडित चेतमान खड्कालाई उपलब्ध गराउने निर्णय गरिएको पनि भट्टले बताए।
 

कमेन्ट लोड गर्नुस