सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगा गोल्डकपः फारवेष्ट पशुपति सेमिफाईनलमा 

२०८० फाल्गुन २७, ०८:०४ खबर संवाददाता

धनगढीः कैलालीको गौरीगंगामा भईरहेको चौथो संस्करणको गौरीगंगा गोल्डकप२०८० मा फारवेष्ट पशुपति युवा क्लब सेमिफाईनलमा प्रवेश गरेको छ।

गौरीगंंगा ११ स्पोर्टस क्लबको आयोजना भईरहेको प्रतियोगिता अन्तगर्त आज भएको खेलमा जित हात पार्दै फारवेष्ट पशुपति युवा क्लब अन्तिम चारमा पुगेको हो। फारवेष्ट पशुपतिले बाजुराको रानीवन युवा क्लबलाई ३–२ ले हराएको हो। फारवेष्टको जितमा शिशिर केसी, विवेक शाही र सन्दीप धामीले एक एक गोल गरे। रानीवनका लागि श्याम बयलीले दुई गोल गरे। फारवेष्टका शिशिर केसी म्याच अफ द म्याच भए। उनले नगद ५ हजार सहित ट्रफी पाए।

आजको खेलसँगै सेमिफाईनल समिकरण पुरा भएको छ। प्रतियोगिता अन्तर्गत भोली पहिलो सेमिफाईनल खेलमा स्टार सिटी ब्वाईज युनियन र फारवेष्ट एकेडेमी प्रतिस्पर्धा गर्नेछन्। पर्सिको दोस्रो सेमिफाईनलमा फारवेष्ट पशुपति युवा क्लबले आयोजक गौरीगंगा ११ स्पोर्टस क्लबको सामना गर्नेछ।

कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्। सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन्।

कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रंगशाला निर्माणमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ। खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेकाले सोही अनुसार फुटबलको पुर्वाधार निर्माणका लागि दबाब दिन विगतदेखि गोल्डकप आयोजना गर्दै आएको आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्बलले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस