सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको जोरायलमा बगर खेती

२०८० फाल्गुन २६, ०९:५८ खबर संवाददाता

धनगढीः डोटीको जोरायलमा बगर खेती गरिने भएको छ। जोरायल गाउँपालिकाले नदीको पानी नभएको भागमा बगर खेती गर्ने कार्यक्रमको सुरुवात गर्ने भएको हो।

खेर गैरहेको नदी किनारको तटीय जमिन सदुपयोग गरेर बगर खेती कार्यक्रम सञ्चालन गर्न थालिएको गाउँपालिकाले बताएको छ। स्थानीय स्तरमा रोजगारी प्रवर्धन गर्ने उदेश्यले बगर खेती सञ्चालन गर्नको लागि १० वर्षसम्म जमिन लिजमा लिइ बगर खेती सुरु गर्न थालिएको हो।

बगर खेती कार्यक्रम सञ्चालन गर्न जोरायल– ४ भजना क्षेत्र छनोट भएको छ। गाउँपालिकाले बगर खेती गर्न जग्गाको खोजी गरे बमोजिम भजना क्षेत्रका स्थानीय किसानले उक्त कार्यक्रममा सहभागी हुन प्रस्तावना पेस गरेका थिए। उक्त स्थानमा खेती गर्नको लागि प्रारम्भिक छलफल समेत गरिएको छ। गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, जोरायल–४ का वडा अध्यक्ष नन्द राज भट्ट, जोरायल गाउँपालिका कृषि विकास शाखा प्रमुख प्रदिप साउँद लगायत कृषि शाखाका कर्मचारी, ग्रेप परियोजना पालिका संयोजक सुरेन्द्र रोकाया लगाएतले किसानसँग छलफल गरेका हुन्।

 

कमेन्ट लोड गर्नुस