सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा अरिङ्गालको टोकाइबाट एक बालिकाको मृत्यु

२०८० कार्तिक ६, ०७:१६ खबर संवाददाता

अछामः  अछाममा एक बालिकाको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका–३ दर्बाकी १० वर्षीया झर्ना बि.क को सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

झर्नालाई बारीमा बाख्रा चराइरहेका बेला आइतवार अरिङ्गालले टोकेको थियो। उनको उपचारको क्रममा आज (सोमवार) सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
 

कमेन्ट लोड गर्नुस