एकै दिन सुदुरपश्चिमका ३२ जनामा कोरोना पुष्टि

धनगढीः सुदूरपश्चिम प्रदेशमा आइतवार एकै दिन ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
९ सय ९ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा २६ जना र ३८ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा २४जना कैलालीका, २ जना कञ्चनपुर, र्२ जना बैतडी र ४ जना बैतडी जिल्लाका रहेको जनाएको छ।

