कैलालीका राजेन्द्र, जो खिच्छन् नेपाली चलचित्र
धनगढीः चलचित्रमा देखिने नायक नायिका तथा उनीको अभियनभन्दा बढी सुन्दर हुन्छन् केही दृश्यहरु। कलाकारलाई सबै दर्शक स्रोताले चिन्ने गरेको भएपनि फिल्म खिच्ने व्यक्तिहरु भने पर्दा पछाडि हुन्छन्। त्यस्तै नेपाली चलचित्र इन्डसस्ट्रिमा सुन्दर दृश्य खेचेर आफ्नो कौसल देखाउन सफल भएका छन्, कैलालीका राजेन्द्र सापकोटा।
कैलालीको मसुरियामा जन्मिएका सापकोटाले अहिले राष्ट्रिय स्तरका फिल्महरु खिच्ने गरेका छन्। ‘नेपाली दर्शक स्रोताले मन पराएका सिनेमा गर्ने मौका पाए। केही अग्रज व्यक्तिसँग समेत काम सिकको छु’ उनले भने।
एसएसलीसम्मको अध्ययन कैलालीको गौरीगंगा नगरपालिका मसुरियामा गरेका सापकोटा त्यसपछि काठमाडौं गएका थिए। सानैदेखि फिल्म क्षेत्रमा काम गर्ने सोच भएका उनी काठमाडौं गएपछि फिल्म मेकिङ पढ्न थाले। उक्त विषयमा स्नातक गरेका राजेन्द्र त्यसपछि चलचित्रतर्फ लगे। नेपाली दर्शकले औधि मन पराएका फिल्म खिच्ने अवसर पनि उनले पाएका छन्। आफू छायांकलन गरेको चलचित्रले अन्र्तराष्ट्रिय अवार्ड पनि पाएको उनले बताए। ‘यस क्षेत्रमा पढेर आएपछि काम गर्न सजिलो हुन्छ। आउने पुस्तालाई समेत यो यही सुझाव छ,’ उनले भने।
समाजलाई फाइदा पुग्नेगरि काम गर्नुपर्छ भन्ने सोच भएका सापकोटा यसै क्षेत्रमा सक्रिय हुने बताउँछन्। राजेन्द्रले मेचीदेखि महाकाली यात्रा गरेर देशभरका दृश्यहरु पनि छायाङ्कन गरेका छन्। भने, उनले गरेका कामहरु साझा मान्छे पिक्चर्स युट्युव च्यानलमासमेत हेर्न सकिन्छ।
हाल उनी दैनिकजसो सुटिङमा नै व्यस्त हुने गरेका छन्। अहिले पनि छड्के–२ को सुटिङकै काम गरिरहेको उनले बताए। कला क्षेत्रमा दिग्गज मानिएका व्यक्तिहरुलाई पर्दामा देखाउने काम गर्ने राजेन्द्र आगामी दिनमा पनि यसै क्षेत्रमा सक्रिया हुने बताउँछन्।
सुदूरपश्चिमबाट उदायक राजेन्द्र नेपाली चलचित्र क्षेत्रमा चम्किएका छन्। आगामी दिनमा पनि यसै क्षेत्रमा सक्रिया हुने उनको भनाई छ। सिनेमाप्रतिको लगाव र परिश्रमले यो सफलता दिएको धारणा उनको छ।