सुदूर नेपाललाई विश्वसँग जोड्दै

के सुदूरपश्चिममा कोरोना संक्रमण घटेकै हो ?

२०७७ माघ ११, ०६:१६ रोशन भट्ट

धनगढी: सुदूरपश्चिममा कोरोना भाइरसका गम्भीर संक्रमित घटेपछि धनगढीको कोभिड अस्थायी अस्पतालका शैया करिब खाली भएका छन्।

कुनै बेला संक्रमितको चापका कारण शैया व्यवस्थापनमा समस्या भएपनि हाल सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्पतालमा अहिले १ जना मात्रै संक्रमित उपचाररत छन्।

तर चिकित्सकले भने प्रदेशमा संक्रमण नियन्त्रणमा नआएका कारण स्वास्थ्य सुरक्षाका मापदण्डको पालनालाई निरन्तरता दिनुपर्ने सुझाव दिदै आएका छन्।

‘सरकारी तथ्यङ्क हेर्दा संक्रमणको दर घटेको देखिन्छ,’ सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा शेरबहादुर कमरले भने, ‘जोखिम छैन भनेर भन्न मिल्दैन। आम नागरिक सचेत हुन आवश्यक छ।’

यस्ता खाले भइरसहरुको संक्रमण सुरुमा कम देखिने त्यसपछि बढ्ने र अन्त्यमा काम हँुदै जाने प्रकृतिक नियम नै भएको डा. कमरको भनाइ छ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशभर संक्रिय संक्रमितको संख्या १ हजार ४ सय १४ रहेको छ। नयाँ संक्रमित थपिने क्रम पनि काम देखिन्छ। तर विगतको तुलनामा कोरोनाको परीक्षण पनि न्यून भइरहेको छ। 

तर प्रदेश सरकारले भने आवश्यकताको आधारमा स्वाव संकलनको काम समेत निरन्तर भइरहेकाले संक्रमण दर घटेको दावी गरिरहेको छ। भइरसलाई नियन्त्रण गर्नकै लागि प्रदेशका ४ जिल्लाहरुमा एन्टिजेन परीक्षण भइरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताउँछन्।

‘अस्पतालहरुमा समेत गम्भीर संक्रमितहरु छैनन्,’ उनले भने ‘पछिल्लो समयमा कोरोनाको संक्रमण घट्दै गएको भन्न सकिन्छ।’

सुदूरपश्चिममा पहिलो लहरको कोरोना भाइरस फैलिन सक्ने खतरा भने कमयमै रहेको छ। प्रदेश सरकारको तथ्यङ्क अनुसार संक्रमण घट्दै गएको देखिएपनि पछिल्लो समयमा बढ्दै गएको राजनीतिक गतिविधिले संक्रमण फैलिने खतरा कायमै रहेको हो।

प्रतिनिधी सभा विघटनपछि दुई समूहमा विभाजित भएको नेकपालगायत नेपाली कांग्रेस सहितका अन्य पार्टीहरुद्धारा आयोजित भेलाहरुबाट कोरोनाको संक्रमण फैलिने जोखिम उच्च रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्की बताउँछन्। प्रदेश सरकारले पहिलो लहरको कोरोना भाइरस नियन्त्रण हुन लागेको दावी गरेपनि दास्रो लहरको कोरोना फैलिने जोखिम भने बढ्दै गएको छ। 

विश्वका कतिपय देशमा तीव्र गतिमा फैलिरहेको उक्त संक्रमण नेपालमा पनि फेला परिसकेको छ। त्यसकारण पनि सरकारले समेत आफ्ना संयन्त्रलाइ तयारी अवस्थामा राख्नु पर्ने देखिएको छ भने आम नागरिकले सचेत हुनु पर्ने साुझाव चिकित्सको छ।  

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस