सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिला हिंसा न्यूनीकरणमा सुदूरपश्चिम सरकारको वर्षेनि ६० लाख खर्च, हिंसा भने झनै बढ्यो

२०७७ मंसिर २५, ०४:२९ विन्दु चन्द

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले वर्षेनि महिला हिंसा न्यूनीकरणको लागि भन्दै लाखौं रकम खर्च गर्दै आएको छ ।

प्रदेशका ९ वटै जिल्लाका लागि औसतमा वर्षेनि ५०÷६० लाख रुपैया भन्दा बढी रकम खर्च गर्दै आएको छ । अर महिला हिंसा न्यूनीकरण हुनुको साटो बढ्दै गएको पाइएको छ । 

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले अनाथालय, सेफ हाउस अर्थात सुरक्षित आवासलगायत सञ्चालनका लागि  ५÷५ लाखका दरले अनुदान दिने गरेको छ ।

बालविवाह, महिला तथा लैगिंक हिंसा न्यूनीकरण गर्न वर्षेनि ६० लाख रुपैयाँ बढी रकम खर्च गर्दै आएको मन्त्रालयको महिला विकास अधिकृत जयन्ती गिरीले बताइन् । 

प्रदेश सरकारले बर्षेनि लाखौ खर्च गरिरहेको भएपनि सुदुरपश्चिममा महिला हिंसा सम्बन्धी का गतिविधि दिन प्रतिदिन बढिरहेका हुन् । बढी जसो महिलाहरु पुरुषबाट नै पीडित भएको उनले बताइन् । उनका अनुसार पीडित महिलाहरुको संरक्षण, उद्धार, पुनस्र्थापना, कानुनी सहयोगलगायतका कामहरु गर्ने गरेको छ । 

तर सरकार तथा विभिन्न संस्थाहरुले जति बजेट विनियोजन गरेपनि सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भने कम नभएको पाइएको हो । विभिन्न प्रकारका महिला हिंसाका साथै विभेदकारी तथा अमानवीय मानिने छाउपडी प्रथाले सुदूरपश्चिममा जरो गाडेर रहेको बेला सरकारी निकायले बजेट विनियोजन गर्दा त्यो रकम पहाडी तथा हिमाली भेगका दुर्गम गाउँ बस्तीहरुमा पुग्न नसकेके सांसद अम्बीकुमारी थापाले बताइन् । उनले विनियोजित बजेट पहुँच भएका महिलाहरुका लागि मात्रै सीमित भएकोले विपन्न महिलाहरू सेवा सुविधाबाट वञ्चित भएके बताइन् । 

यो वर्ष झन् कोरोनाभाइरसको माहामारी थपिएका कारण महिलामाथि हुने हिंसा रोकथाम गर्ने आवश्यक काम नसकिएको सांसद शान्ति नेपालीले बताइन् । त्यसमाथि बजेट पर्याप्त नहुँदा प्रतिफल राम्रो हुन नसकेको उनके भनाइ छ । 

प्रदेशकै आँकडा अनुसार चालुु आर्थिक वर्षको ४ महिनामा मात्रै सुदूरपश्चिममा महिलामाथि हुने जघन्य अपराध र हिंसाका गरी ११८ बढि उजुरी परिसकेका छन् । १६ दिने अभियानकै क्रममा प्रदेशमा बलात्कारका मात्रै कम्तीमा चारवटा वटा उजुरी परिसकेका छन्। यस्ता संख्या हेर्दा सुदूरपश्चिममा वर्षैपिच्छे खर्च हुने लाखौँ लाख रुपैयाँको लाभ दुर्गम पहाडी भेगका महिला तथा बालिकाहरूले पाउन बाँकी रहेको देखाउँछ ।  

सम्बन्धित समाचार

सुदूरपश्चिममा महिला हिंसाको अवस्था भयावह

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस