सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पानी छताछुल्ल, खानेपानी संस्थान चाहिँ के गर्दैछ

फाइल फोटो
फाइल फोटो
२०७७ मंसिर १९, ०७:४३ विन्दु चन्द

धनगढीः धनगढीको खानेपानी संस्थानले चुहिएका पाईपहरु टाल्ने काम गरिरहेको बताए पनि दर्जनौँ स्थानमा पानी चुहावटको समस्या ज्युँका त्युँ छ। 

संस्थानकै भनाइमा धनगढीमा ७ हजार धाराहरुमा अहिले दैनक ७० लाख लिटर पानी आपूर्ति भइरहको छ। जसमध्ये ५ प्रतिशत चुहावट भइरहेको छ। अर्थात् त्यो पानी चुहीएर खेर गइरहेको छ र टाल्न सकिएको छैन। 

तर खानेपानी संस्थानका प्रमुख अरविन्दकुमार कर्ण भने जनशक्ति अभाव भएपनि चुहावट रोक्ने काम जारी रहेको बताउँदै आएका छन्। 

‘नियमित हामी मर्मत गरिरहेका छौँ, महिनामा औसतमा ४० देखि ५० स्थनामा फुटेका पाइपको चुहावट रोक्ने गछौँ। हाम्रो जनशक्तिले भ्याउँदैन् बाहिरबाट बोलाएर समेत काम  गरिरहेका छौँ।’ कर्ण भन्छन्।

खानेपानी संस्थानले अहिले दर्जनौँ कर्मचारी चुहावट रोक्न खटाइएको जनाएको छ।  तरपनि मर्मतको काम पुर्ण हुन सकेको छैन। 

धनगढीका विभिन्न ठाउँमा सडक निर्माणको कामले पनि पाइप फुट्ने क्रम बढेको र जानकारी नगराउँदा पनि मर्मतको काममा ढिलाई हुने गरेको संस्थानको दाबी छ। 

सडक निर्माण गर्ने ठेकेदारले समन्वय नगर्दा समस्या भएको समेत खानेपानी संस्थानका प्रमुख कर्णले बताउँछन्। 

समन्वयनै नगरी जथाभावी डोजर चलाईदिने र पाइप फुटेपछि ठेकेदारहरुले वेवास्ता गर्ने समेत उनले बताए। 

‘सडक निर्माण गर्दा जसले पाईप फुटायो उसले जोड्ने हो वा हामीलाई जानकारी गराए हामी तुरुन्तै कर्मचारी खटाउँछौँ, ज्याला पनि लिदैनौँ।’उनले भने। 

दैनिक ७० लाख लिटर पानी आपुर्ति भइरहेको छ तर त्यसको ५ प्रतिशत अर्थात ३ लाख ५० हजार लिटर पानी चुहावट हुने गरेको छ। 

धनगढी उपमहानगरपालिकाकै मुल गेट अगाडी, शहीद गेट, मुख्यमन्त्री निवास सहितका दर्जनौँ स्थानमा फुटेका पाइप महिनौँदेखि मर्मत नगरिदा दैनिक हजारौँ लिटर पानी खेर गएरहेको छ। 
 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस