सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी बिमानस्थलमा खराव मौसममा पनि उडान भर्न उपकरण जडान, स्तरबृद्धीको कार्य अझै ठप्प

२०७७ वैशाख २८, ११:४८ रोशन भट्ट

धनगढी : लकडाउनपछि रोकिएको धनगढी विमानस्थल स्तरबृद्धिको काम अझै सुचारु हुन सकेको छैन्। गत चैत्र ११ गतेदेखि जारी लकडाउनपछि ठप्प रहेको धनगढी विमानस्थलको स्तरबृद्धिको कार्य सुरु गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले अनुमती दिएपनि सुचारु नभएको हो। अहिले विमानस्थलको पुर्वतर्फ नाली निर्माणको काम सुरु हुन सकेको छैन्।

लकडाउन अगाडी पनि उक्त क्षेत्रमा पानी जमेका कारण काम भएको थिएन्। लकडाउनको अवधीमा विमानस्थल पनि बन्द रहेका कारण अहिले काम गर्न सजिलो हुने गरेको भएपनि वेवास्ता गरिएको छ।

अधिकासं कामदार सुदूरपश्चिम प्रदेश बाहिरका र भारतका पनि भएकाले उनीहरु लकडाउनका कारण घर फर्किएकाले काम सुरु गर्न नसकिएको निर्माण कम्पनी लुम्वीनी, कोषी एण्ड न्यौपाने, खड्का, कोईराला जेभीका इन्जिनीयर सचिन थापाले बताए।

‘अहिले प्रशासनबाट अनुमती पनि पाईसकेका छाँ।ैं अबको केही दिनमा काम सुरु हुन्छ।’, उनले भने। धावनमार्ग र पार्किङ क्षेत्र स्तर बृद्धिकै लागि पटक–पटक धनगढी विमानस्थल बन्द समेत गरिएको थियो।

यस्तै कम भिजिविलीटी अर्थात प्रतिकुल मौसममा पनि उडान भर्न सकिने गरी जापानी सहयोग नियोग जाईकाले विमानस्थलमा भीओआर–डिएमई उपकरण जडानको काम सम्पन्न गरेको छ।

प्रतिकुल मौसम भएका दिन उडान प्रभावित हुने समस्यालाई समधान गर्ने उपकरण भीओआर–डिएमई जडान गरिएको भएपनि परिक्षण गर्न बाकी रहेको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढ्थापाले बताए।

‘जाईकाले २०७५ सालकै माघदेखि भीओआर–डिएमई उपकरण जडानको काम सुरु गरेकोमा २०७६ फागुनमा सकेको हो।’, उनले भने, ‘१६ सय भिजिविलीटीमा पनि जहाज अवतरण गर्न सकिने भएपनि लकडाउनका कारण परीक्षण गर्न बाँकी रहेको छ।’

२०७४ साल चैत ११ गते बुद्ध एयरको एटीआर जहाजले धनगढीबाट रात्रिकालीन उडान गरेको थियो। त्यसअघि धनगढी विमानस्थलमा पाँच हजार मिटर अथवा पाँच किलोमिटर भिजिबिलिटीमा मात्रै जहाज उडान र अवतरण हुने गरेको थियो।

भीओआर–डिएमई उपकरणको परीक्षण सफल भए प्रतिकुल मौसम संगै १६ सय भिजिविलीटीमा उडान भर्ना सकिने छ। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस