सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिम सेतीबारे देउवाको बोलीः सुदूरपश्चिमका जनता धनी भइसके, पैसा हाल्नुस न यार !

२०७६ फाल्गुन २०, ०५:४१ आशिष मल्ल

धनगढी: नेपाली कांग्रेसका पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती निमार्णका लागी सबै पार्टी लाग्नुपर्ने बताएका छन्। मंगलबार धनगढीमा जारी विश्व नेपाली साहित्य महोत्सवको समापन कार्यक्रममा बोल्दै उनले सुदूरपश्चिमको विकासमा टेवा पुर्याउने उक्त जलविद्युत आयोजना निमार्णका लागी सबै नेपाली लाग्नुपर्ने बताएका हुन। 

‘सुदूरपश्चिमका जनता धनी भइसके, पैसा हाल्नुस न यार ! आफै बनाउनुस,  विदेशी ल्याउने कामै छैन’ उनले भने ‘नेपाली आफैले बनाउने अनि नाफा पनि आफै लिने।’ ‘उक्त आयोजना निमार्णका लागि जग्गाको समस्या भए सेयर बाढ्ने अथवा तीनीहरुलाई पैसा दिने’ उनले थपे। 

उक्त जलविद्युत आयोजना निमार्ण भएपश्चात सुदूरपश्चिमका जनाताले निःशुल्क उक्त विद्युत उपभोग गर्न पाउनुपर्ने देउवाले बताए। सबैले सहयोग गरे पश्चिम सेती बनिसकेपछि नेपाल धनी देश बन्नेमा आफु विश्वस्त रहेको उनले बताए। 

फरक प्रसंगमा बोल्दै उनले  नेपाली भाषाको उद्गम विन्दु सुदूरपश्चिम रहेको बताए। आजभोली डोट्याली भाषा हराउदै गएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्। ‘हाम्रो सुदूरपश्चिमका भाषा हराउँदै गएको छ। यहाँका मान्छेले हाम्रो भाषा बोल्नै छोडेका छन्’ उनले भने ‘आजभोली अंग्रेजी बोल्छन्। झन धनीहरुका छोराछोरीले त नेपाली बोल्नै जान्दैनन्।’

नजिकै भारतमा रहेको देहेरादुनका नेपालीले यहाँकोभन्दा राम्रो भाषा बोल्ने गरेको उनले बताए।

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस