कैलालीको स्याउलेबाट तीन युवक पक्राउ
![](http://68.183.180.214/dineshkhabar/sites/default/files/styles/row_list/public/field/image/pakrau-1-768x427_4.jpg?itok=dDvdwGG2)
धनगढी : कैलालीको स्याउलेबाट तीन युवक पक्राउ परेका छन। जिल्लाको गोदावरी नगरपालिका–८ स्याउलेका तीन युवक लागुऔषधसहित पक्राउ परेका हुन।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले २६ वर्षीय सुरेन्द्र कटुवाल, १९ वर्षीय पुन विक र २२ वर्षीय करन गुरुङ लागुऔषधसहित पक्राउ परेका बताएको छ। उनीहरूको साथबाट नौ सय मिलिग्राम लागुऔध बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय, कैलाली र लागुऔषध नियन्त्रण ब्युरो, शाखा धनगढीको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले बताएको छ।
![Sonalika](http://68.183.180.214/dineshkhabar/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)