युक्रेनसँगको युद्ध अन्त्यका लागि पुटिनलाई ट्रम्पको चेतावनी
एजेन्सीः अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिन युक्रेनसँगको युद्ध अन्त्य गर्न वार्ता गर्न तयार नभए रुसविरुद्ध अमेरिकी प्रतिबन्ध अझ बढाउन सक्ने चेतावनी दिएका छन्।
राष्ट्रपतिको पदभार ग्रहण गरेपछि ट्रम्पले पत्रकार सम्मेलनमा यस विषयमा गरिएको प्रश्नमा उक्त जवाफ दिएको बीबीसीले उल्लेख गरेको छ। ट्रम्पले आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सम्पर्कमा रहेको र चाँडै रुसी राष्ट्रपति पुटिनसँग पनि कुरा गर्ने बताएका छन्। यस क्रममा ट्रम्पले आफू राष्ट्रपति भएको भए रुस र युक्रेनबीच युद्ध सुरु नै नहुने दाबी पनि गरे। डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनमा नेटो देशहरूले सुरक्षामा खर्च २ प्रतिशतबाट ५ प्रतिशत पु¥याउनु पर्ने बताएका छन्।