कर्णालीले दियो ११९ रनको लक्ष्य
![](http://68.183.180.214/dineshkhabar/sites/default/files/styles/row_list/public/field/image/471168385_122131169384455690_8065207193956707915_n.jpg?itok=E99cdmJY)
काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा पुग्नका लागि जनकपुर बोल्ट्सले ११९ रनको लक्ष्य पाएको छ।
क्वालिफायर टु मा कर्णाली याक्सल पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर ११८ रन बनाएपछि जनकपुरले मध्यम लक्ष्य पाएको हो।
कर्णालीका लागि गुल्सन झाले २५ र देव खनालले २४ रन बनाए । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
बलिङमा जनकपुरका ललित राजवंशी, मोहम्मद मोहसिन र जिमी नीशमले २(२ विकेट लिए। हर्श थाकर र शेर मल्लले समान १ विकेट लिए।
![Sonalika](http://68.183.180.214/dineshkhabar/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)