सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा हुने एसिया कप टी–२० फर्म्याटमा खेलाइने

२०८१ साउन १५, ११:१४

काठमाडौंः सन् २०२५ मा पुरुष एसिया कप भारतमा आयोजना हुने भएको छ।

आगामी संस्करण टी–२० फर्म्याटमा खेलाइने छ। भारतले सन् २०२६ को टी–२० विश्वकप पनि आयोजना गर्ने छ। सोही विश्वकपको तयारी स्वरुप भारतले एसिया कप टी–२० शैलीमा खेलाउन लागेको एसियन क्रिकेट काउन्सिल एसीसीले जनाएको छ। सन् २०१६ मा पहिलो पटक एसिया कप ट्वान्टी–२० फर्म्याटमा खेलिएको थियो।

त्यसपछि एकदवसीय फर्म्याटमा खेलाइँदै आएको थियो। सन् २०२३ मा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले प्रतियोगिता आयोजना गर्दा भारतले पाकिस्तान जान अस्वीकार गरेको थियो। यसपश्चात भारतका खेलहरू श्रीलंकामा आयोजना गरिएको थियो। सन् २०२७ को एसिया कप भने बंगलादेशमा एकदिवसीय फम्र्याटमा आयोजना हुनेछ।

सोही वर्ष बंगालदेशमा ५० ओभरको विश्वकप आयोजना हुनेछ।
 

कमेन्ट लोड गर्नुस