सुदूर नेपाललाई विश्वसँग जोड्दै

तरकारी खेतीबाट मनग्य आम्दानी

२०८१ साउन ९, ०३:५१ रासस

कैलालीः कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी लिन थालेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले लामो समयदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। उनले तरकारी खेतीबाट वार्षिक ६ लाख बचत गर्ने गरेको बताएका छन्। “विगत २६ वर्षदेखि परम्परागत रुपमा तरकारी खेती गर्दै आएका चौधरीले पछिल्ला केही वर्षयता व्यवसायलाई व्यवस्थित र विस्तार गर्दै लगेको बताए।

उनले भने अहिले १५ कठ्ठा जग्गामा तरकारी खेती विस्तार गरिएकोमा वर्षभरिमा सबै खर्च कटाएर ६ लाखसम्म बचत हुने गरेको जानकारी दिए।“यस वर्षको वर्खा याम सुरु भएदेखि हालसम्म एक लाख ५० हजारको तरकारी बिक्री गरिसकेको चौधरीले बताए। उनले भने अहिले दैनिक ५० देखि ६० किलो तरकारी बिक्री हुन्छ। भिन्डी प्रतिकिलो एक सय, बोडी दुई सय, करेला एक सयमा बिक्री हुने गरेको छ।

सिजन अनुसारका सबै किसिमका तरकारी लगाउने गरेको चौधरीले बताए। “उत्पादित तरकारी बेच्न आफुलाइ समस्या नभएको पनि चौधरलिे बताए। उनले उत्पादित तरकारी धनगढीस्थित हाटबजारमा लगेर बिक्री गर्ने गरेको बताए। पाँचजना परिवारको सबै खर्च तरकारी खेतीबाटै भइरहेको चौधरीले जानकारी दिए। तरकारी बिक्रीबाटै भएको आम्दानीबाट २०७५ मा चार कोठाको पक्की घर समेत बनाएको चौधरीले बताए। सिँचाइको राम्रो व्यवस्था हुनसके तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिने उनको भनाइ छ। 

सोही वडाको मटियारीका बिखलु रानाले पनि लामो समयदेखि तरकारी खेती गर्दै आएका छन्। रानाले आठ कठ्ठा जग्गामा व्यावसायिक तरकारी खेती गर्ने गरेको बताए। तरकारी खेतीबाट वार्षिक तीन लाखसम्म आम्दानी हुने गरेको उनले जानकारी दिए। “तरकारी खेतीबाट भएको आम्दानीले सहज जीविकोपार्जन भइरहेको छ।

सबै खर्च कटाएर वार्षिक तीन लाखसम्म बचत हुन्छ, उनले भने, “तरकारी बेच्नलाई बजारको समस्या हुँदैन्। नजिकैको हाटबजारमा लगेर बिक्री गर्छु। स्थानीय सरकारले किसानलाई अनुदानमा बीउका साथै प्राविधिमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए।
 

कमेन्ट लोड गर्नुस