सेती अञ्चल अस्पतालको प्रसुती वार्डको सेवा खस्किदो(भिडियो रिर्पोट सहित)
सेती अञ्चल अस्पतालको प्रसुती वार्डमा यस्तै समस्या भोगेकाको सङख्या धेरै बनिसकेको छ । नर्सिङ कर्मचारीहरुले चेकजाँचमा लापरवाही गर्ने र चिकित्सहरुले पनि बोलाएको समयमा नआउने समस्याले सेती अञ्चल अस्पतालको प्रसुती वार्ड असुरक्षित बन्दै गएको छ । प्रसुती वार्डले अञ्चल अस्पतामा ल्याईएका गर्भवतीलाई रेफर गर्न नपाउने दावी गरेपनि डेलभरीका लागि सुटुक्क निजि अस्पतालमा पठाउने र चर्को शुल्क असुल गर्ने परिपाटी पनि बस्दै गएको अस्पतालमै भेटिएका सुरेन्द्र वहादुर चन्दको भनाई छ ।जनशक्ति, उपकरण र शैया अभावसंगै स्वास्थ्य कर्मचारीको लापरवाहीका कारण सेती अञ्चल अस्पतालको प्रसुति वार्डको सेवा खस्किदै गएको हो । प्रदेश नम्वर ७ कै रेफ्ररल अस्पतालको रुपमा रहेको अञ्चल अस्पतालको प्रसुती वार्डमा विरामीको चाप हुने गरेको छ । दैनिक रुपमा २० देखि २५ जनासम्म सामान्य डेलिभरी हुने गरेको छ भने करिब ३, ४ जनाको शल्यक्रिया हुदै आएको छ । तर विरामीको अवस्था र संवेदनशीलतालाई न नर्सिङ कर्मचारीहरुले ध्यान दिएका छन न त चिकित्सकहरुले नै ।