सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका २ नगरपालिका हाक्ने जिम्मेवारी महिला जनप्रतिनिधिको काँधमा

२०७९ जेठ १०, ०५:४२ रोशन भट्ट

धनगढीः स्थानीय तह निर्वाचन २०७९ अन्तरगत गत वैशाख ३० गते भएको मतदानको परिणाम सार्वजनिक भएसँगै प्रदेशवासीले नयाँ जनप्रतिनिधि पाएका छन्। जसमध्ये प्रदेशका २ नगरपालिका हाक्ने जिम्मेवारी महिला उम्मेदवारले पाएका छन्।  कैलालीको लम्कीचुहा नगरपालिका र अछामको पञ्चदेवल विनायक नगरपालिकामा महिला उम्मेदवार विजयी भएका छन्। 

उनीहरुले विभिन्न योजनासहित पाँच वर्षे कार्यकाल सम्पन्न गर्ने बनाएका छन्। कैलालीको लम्कीचुहा नगरपालिकाकी नवनिर्वाचित मेयर सुशिला शाहीले आफ्नो स्थानीय तहलाई देशकै नमूना  बनाउने बताइन्। ‘स्थानीय तहमा भ्रष्टाचार अन्त्य गर्नेछु। लम्की चुहालाई देशकै पहिलो नमूना बनाउने मेरो प्रयास रहने छ’ उनले भनिन्। 

स्थानीय तहले दिने सेवा सुविधिलाई छिटो छरितो गर्नुका साथै पारदर्शी र जनमुखी बनाउने योजना उनको छ। पाँच वर्षे कार्यकालमा सुशासन कायमदेखि देशकै सुन्दर नगर बनाउने दाबी महिला नगर प्रमुखको छ। 

सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा पनि नगर प्रमुखमा महिला उम्मेदवार विजयी भएकी छिन्। पञ्चदेवल विनायक नगरपालिकमा अम्बिका चलाउने निर्वाचित भएकी हुन्। २०७४ को स्थानीय तहको निर्वाचनमा उपप्रमुख भएकी चलाउने अहिले प्रमुखमा निर्वाचित भएकी हुन्।

उनले आफ्नो स्थानीय तहमा भ्रष्ट्राचार अन्त्य र सुशासन कायम गर्ने बताएकी छिन्। ‘पालिकामा विद्युत विस्तार र सडक सञ्जाललाई प्राथमिकता दिने योजना छ। महिला र बालबालिकाका क्षेत्रमा पनि काम गर्छु,’ उनले भनिन्। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस