सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्यकालको उत्तरार्धमा कैलालीका जनप्रतिनिधि कार्यकर्ता खुसी पार्न केन्द्रित

२०७८ फाल्गुन ६, ०८:३१ रोशन भट्ट

धनगढीः कैलालीको गौरीगंगा नगरपालिमाको स्वास्थ्य शाखा इन्चार्जको जिम्मेवारी पाचौँ तहका कर्मचारीलाई दिइएको छ। नगरपालिकामा छैटौं तहका कर्मचारी हुँदा पनि पाचौं तहका कर्मचारीलाई शाखा प्रमुखको जिम्मेवारी दिइएको हो।

नगरपालिकाका मेयर नजिक मानिएका कर्मचारलाई प्रमुखको जिम्मेवारी दिएको आरोप लागेको छ। कार्यकाल सकिने बेला आफु निकटका व्यक्तिलाई प्रमुखको जिम्मेवारी दिएको आरोप नगर कार्यकालिका सदस्य भक्त विश्वकर्माको छ। ‘हामीले पटकपटक आवाज उठाउँदा पनि कसैले सुनेको छैन,’ उनले भने, ‘यो कार्यकर्ता खुसी पार्ने खेल मात्रै हो।’

जिल्लाको गोदावरी नगरपालिकाले पनि करार सेवामा कर्मचारी भर्ना गर्न गत साउनमा नै विज्ञापन खोलेको थियो। स्वास्थ्य तर्फका ३५ जना कर्मचारीका लागि विज्ञापन खोलिएको थियो। उक्त करार अवधी सकिदा सम्म नगरपालिकाले कर्मचारी छनोट गर्न बेवास्ता गरेको थियो। तर अहिले स्थानीय तहका कर्मचारीको कार्यकाल सकिने बेला कार्यकर्ता खुसी पार्नका लागि करारमा भर्ना गरेको देखिएको छ।

नगरपालिकाले २०७८ साल पुस मसान्तसम्म काम गर्ने अबधि राखेर बिभिन्न ९ पदका लागि ३५ जना कर्मचारी माग गर्दै आवेदन दिन आह्वान गरेको थियो। तर नगरपालिकाका मेयर हरिसिंह साउदले भने प्रमुख प्रशासकिय अधिकृत नहुँदा केही ढिलाई भएको बताए। ‘सबैजना मेरो हुन भन्ने होइन,’ उनले भने, ‘केहीलाई रोजगारी दिएपछि अरु त रुष्ट हुन्छन्।’

यी दुई उदाहरण मात्रै हुन्। अहिले जिल्लाका अधिकांश स्थानीय तहका जनप्रतिनिधि विभिन्न माध्यमबाट कार्यकर्ता खुसी पार्न केन्द्रित भएका छन्। आउने वैशाख ३० गतेलाई स्थानीय तहको चुनाव घोषणासँगै कैलालीसहित सुदूरपश्चिमका केही जनप्रतिनिधि पुनः चुवानको तयारीमा लागेका हुन्।

राज्यकोषको दुरुपयोग गर्दै प्रक्रियाविपरीत स्थानीय तहमा विभिन्न बद्मासी भइरहेका छन्। तर गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवाले पनि इन्चार्जको जिम्मेवारी तोक्ने काम अधिकृतको भएको बताए। ‘छैटौं तहका कर्मचारी काजमा छन् होला नगरपालिकामै,’ उनले भने, ‘अनि पाचौँ तहकालाई जिम्मा दिइएको होला।’ 

अहिलेका अधिकांश जनप्रतिनिधिहरु आउने निर्वाचनमा पनि चुनाव लड्ने मनसायमा छन्। त्यसका लागि नागरिकले तिरेको करको दुरुपयोग गर्दै मतदाता रिझाउने प्रयास भइरहेको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस