सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलमा कहिले हुन्छ भीओआर–डिएमई उपकरण सञ्चालन ?

२०७८ माघ १९, ०२:५५ रोशन भट्ट

धनगढीः धनगढी विमानस्थलमा जडान भएको भीओआर–डिएमई उपकरण सञ्चालनमा ल्याउन अझै समय लाग्ने भएको छ। जापानी सहयोग नियोग (जाइका) ले जडान गरेको उपकरण सञ्चालनमा ल्याउन अझै तीन महिना लाग्ने भएको हो। 

खराब मौसममा पनि उडान भर्न सकिने उपकरण सञ्चालनमा नआउँदा हवाई यात्रा प्रभावित भइरहेको छ। दैनिकजसो लाग्ने हुस्सु र शितलहरका कारण जहाज समयमा उड्न सकेको छैन भने, कुनै दिन पूर्णरुपमा पनि प्रभावित भइरहेको छ। तर पनि उक्त उपकरण सञ्चालनमा आउन अझै तीन महिना लाग्ने धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए। ‘त्यो उपकरण आउने अप्रिलमा मात्रै परीक्षण हुन्छ। त्यसपछि मात्रै उक्त उपकरण सञ्चालन हुन्छ’ उनले भने।उक्त उपकरण सञ्चालनमा ल्याउनका लागि परीक्षण उडान गर्न बाँकी रहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र जापानी सहयोग नियोग (जाइका) ले संयुक्त रुपमा परीक्षण गर्ने बताइएको छ। तर दुवै निकायको समय अगामी अप्रिल महिनामा मात्रै हुने बताइएको छ।  परीक्षण सफल भएपछि उक्त उपकरण प्रयोगमा आउने प्राधिकरणले जनाएको छ।  

भीओआर–डिएमई उपकरण सञ्चालन भए कम भिजीबिलिटीमा पनि उडान भर्न सकिने छ। अहिले केही विमान कम्पनीका जहाजहरु भने ५ हजार हजारको भिजिबिलिटीमा मात्रै उडान भर्दै आएका छन्। जसकाकारण मौसम खराब भएको दिन हवाई यात्रा प्रभावित हुने गरेको छ। भीओआर–डिएमई सञ्चालनमा आए १६ सय मिटर भिजिबिलिटीमा पनि उडान भर्न सकिने धनगढी विमानस्थलका प्रमुख भट्टले बताए। उनले भने, ‘अहिलेका जहाजहरु ५ हजार मिटरको भिजीबिलिटीमा पनि उडान भर्दैछन्। उपकरण सञ्चालन पछि १६ सय भिजीबिलिटीमा पनि उडान भर्न सकिन्छ।’

जापानी सहयोग नियोग (जाइका) ले धनगढी विमानस्थलसँगै पोखरा र भैरहवामा पनि उक्त उपकरणको परीक्षण गर्ने बताइएको छ।
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस