कञ्चनपुरका १४ वर्षीय युट्युबर, जाे १ लाख बढी सस्क्राइबर पुगाएर कमाई गर्दैछन्
धनगढी : भुवन पनेरु १४ वर्षका भए। ३ वर्षअघि ११ वर्षीय उमेरमा उनले युट्युबमा ‘भुवन पनेरु भ्लग’ नामक आफ्नो च्यानल खेलेका थिए। सामान्यतया भिडियो ब्लग बनाउ खोलिएको उनको युट्युब च्यानलाई १ लाख १५ हजार जनाले सस्क्राइब गरेका छन्। भ्लगिंग वा भिडियो ब्लग एक वेबसाइट वा सोशल नेटवर्कि खाता हो। प्रयोगकर्ताहरूले डिजिटल उपकरणहरू प्रयोग गरेर भिडियोहरू सिर्जना गर्छन् र तिनीहरूलाई दर्शकहरूसँग साझा गर्छन्। युट्युब भ्लगिंगको उत्तम उदाहरण हो। युवा किशोर–किशोरीहरूले भिडियो भ्लगहरू बनाउँछन् र पाठ, आवाज र भिडियोको साथ भिडियोहरू साझेदारी गर्छन्।
त्यसैअनुसार भुवनले पनि १० हजार सस्क्राइबर पुगेपछि आफ्नो च्यानललाई मोनेटाइज गरेका थिए। विभिन्न भ्लग गरी ३ सय ५० भिडिओ अपलोड गरेका उनले अहिलेसम्म २० हजार कमाएका छन्। कञ्चनपुरको बेदकोट नगरपालिका–६ सिसैया घर भएका उनी अहिले भुवनेश्वरी माविको कक्षा १० मा अध्ययनरत छन्।
आफ्नी दिदीको १ जीबी ‘र्याम’ भएको मोबाइलबाट युट्युब च्यान खोलेर भिडिओ अपलोड गर्न सुरु गरेका उनले कहिले सोचेका पनि थिएनन् कि उनका यति धेरै सस्क्राइबर पुग्लान भनेर। ‘अहिलेसम्म दिदीकै मोबाइलबाट कमेडी र लाइफस्टाइल सम्बन्धी भिडिओ बनाएर अपलोड गरिरहेको छु। राम्रो भ्यूज आउने गरेको छ,’ उनले भने, ‘डाटाबाटै अहिलेसम्म इन्टरनेट चलाइहेको छु। आजभोलि च्यानलले कमाएको रकमबाट डाटा लिन्छु।’
आफूले धेरै कमाई गरेमा ६ जीबीसम्मको मोबाइल किनेर थप भिडिओ बनाउने उनले बताए। साथै उक्त रकम समाज सेवामा समेत लगाउने भुवनले बताए। दिनको एउटा भिडिओ बनाउने गरेको बताउने उनी पढाईलाई समेत महत्त््व दिनुपर्ने बताउँछन्। ‘युट्युबलाई सिकेको भ्लगिंग म खालि समयमा मात्रै गर्छु। नत्र मेलै पढाईलाई नै मुख्य लक्ष्य बनाएको छु’ उनी भन्छन्, ‘हालसम्म परिवार, शिक्षक तथा साथीहरुले राम्रै प्रतिक्रिया दिएका छन्। बिस्तारै थप नयाँ भिडिओहरु बनाउने प्रयत्न गर्नेछु।’
युट्युबबाट कसरी हुन्छ कमाइ ?
युट्युबबाट कमाउने अनेकौँ तरिकाहरु छन्, जस्तै भिडियो चर्चित भएमा त्यसमा देखाइने विज्ञापनबाट, त्यस्तै युट्टयुब स्टारहरुले आफ्नो च्यानलमा विभिन्न ब्रान्डको प्रचार गरेर आम्दानी गर्न सक्छन्। त्यसैगरी भुवनको च्यानल मोनेटाइज भएकाले युट्युबले नै उनलाई भ्यूजको आधारमा केही रकम दिने गरेको छ।
तर बाल युट्युबरहरुको लोकप्रियता बढ्दै जाँदा यसले उनीहरुको मानसिकतामा असर पनि पार्न सक्ने विज्ञहरु बताउँछन्।