सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा होम आइसोलेशनका संक्रमितहरुलाई परामर्श दिँदै ‘नर्स टीम’

२०७८ जेठ २२, ०५:०१ विन्दु चन्द

धनगढीः सुदूरपश्चिममा होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई कोभिड विशेष नर्स समूहले परामर्श दिइरहेको छ। 

संक्रमितले अस्पतालहरु भरिएपछि धेरै जना घरमै होम आइसोलेशनमा बसिरहेका छन्। होम आइसोलेसनमा बसिरहेका बिरामीको स्वास्थ्यमा समस्या देखिएको खण्डमा के गर्ने? कसो गर्ने? कहाँ जाने? कस्तो अवस्थामा अस्पताल आउने जस्ता कुराहरुमा अन्यौल भइरहेको हुँदा नर्स समूहले परामर्श दिइरहेको हो। 

यसका लागि ७ वटै प्रदेशमा परामर्शकर्ता तोकिएका छन्। जसमा सुदूरपश्चिम प्रदेशका लागि परामर्शकर्ता मीना चन्द र किरन चन्दलाई तोकिएको छ। सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्लाहरुमा  टेलिफोन मार्फत काउन्सिलिङ गर्दै आइरहेको परामर्शकर्ता किरन चन्दले बताइन्। 

महामारीका बेला सबै जना त्रसित भइरहेको अवस्थामा संक्रमित र उनीहरुको परिवारलाई सरकारले बनाएको प्रोटोकल अनुसार घरमै बसी परामर्श दिने उद्देश्यले सोे समूह खोलिएको उनले बताइन्। 

           


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस