सुदूर नेपाललाई विश्वसँग जोड्दै

निषेधाज्ञाले दियो पुरानो चलनको झल्को

२०७८ जेठ १२, ०९:२९ विन्दु चन्द

धनगढीः मंगलबार काठमाण्डौँबाट गन्तव्य जान हिँडेका यात्रु अत्तरियास्थित घरको छायाँमा बसेर पेट पुजा गर्दै थकान मेटाइरहेका थिए। उनीहरु सोमबार काठमाडौँबाट बैतडीको पुर्चौँडी जान बस चढेका थिए।

कोरोना भाइरस सङ्क्रमण कम गर्न लगाइएको निषेधाज्ञाका कारण सबै होटल तथा पसलहरु बन्द छन्। बाटोमा खान केही नपाइने भन्दै उनीहरु कोठाबाटै खानेकुरा पकाएर बोकेर ल्याएका थिए। मंगलबार दिउँसो अत्तरिया पुगेका उनीहरु चर्को घाम छेकिने एक पसल अगाडी गोलो घेरा लगाएर मीठो मानेर खाइरहेका थिए।

यसरी खाना खाइरहेका मध्ये एक जनाले भने, “बाटोमा सबै पसल बन्द छन्। कोठाबाटै खानेकुरा बोकेर ल्याएका छौँ। हामी सबै बैतडीको पुर्चौँडीका लागि हिँडेका हौँ।”

 

यो दृश्यले उहिले गाउँघरको पुरानो प्रचलनको झल्को देखाउँछ। जहाँ आफन्त भेट्न जाँदा या टाढाको यात्रामा निस्किँदा खानेकुरा घरबाटै पकाएर लगिन्थ्यो। 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस