कैलालीको पूर्व–पश्चिम राजमार्गमा देखियो पाटे बाघ
धनगढीः कैलालीको पूर्व–पश्चिम राजमार्गमा पाटे बाघ देखिएको छ।
जिल्लाको गौरीगंगा नगरपालिकाको राजीपुर र बडैपुरको बीचमा पर्ने जंगल क्षेत्रमा बाघ देखिएको स्थानीय युवा सीपी सपकोटाले भिडियो बनाएका छन्।
सो जंगल क्षेत्रमा बाघ साझ ४ बजे देखिएको प्रहरीले बताएको छ। जंगल क्षेत्रमा घाँस काट्न गएका स्थानीयको समेत बाघ पछि लागेको थियो। उदासिपुरमा गाईमाथि समेत आक्रमण गरेको छ। गाई घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता हिक्मत थापाले बताए। उनका अनुसार प्रहरी र स्थानीयले बाघलाई धपाएका छन्।