सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव, प्रशासन मुग्दर्शक

२०७७ कार्तिक ३०, ०६:१५ विन्दु चन्द

धनगढी: सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पेट्रोलिय पदार्थको कृत्रिम अभाव सिर्जना भएको छ । तिहारको अवधिमा धनगढीमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना भएको हो ।

आइतबार धनगढीको चटकपुरस्थित हरि आयल इनपेक्समा पुग्दा मोटरसाइलमा पेट्रोल हाल्नेहरुको लामो लाइन थियो । सोही लाईनमा भेटिए धनगढी उप–महानगरपालिका वडा नम्बर ८ का भक्तराज जोशी । उनले धनगढीका अन्य पेट्रोप पम्म बन्द भएपछि यता पाइन्छ कि भनेर लाइनमा बसेको बाध्यता सुनाए ।

तिहारको समयमा आवातजावत बढी हुने हुँदा पेट्रोलियम पदार्थको आपुर्ति सहज गर्नु पर्ने आमउपभोक्ताको भनाइ छ । तर धनगढी बजारमा आधा दर्जन बढी पेट्रोल पम्पहरु रहे पनि आमसर्वसाधारण पेट्रोलको लागि सास्ती खेप्न बाध्य भएका छन् ।

धनगढीका स्थानीय जगत शाहले पम्प सञ्चालनकहरुले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गरिरहेको आरोप लगाए । तर धनगढीका अधिकाशं पेट्रोल पम्प सञ्चालकहरुले भने शनिबार आयात नभएका कारण बिक्री वितरणमा समस्या भएको दाबी गरेका छन् । 

नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख जीतरञ्जन दासले तिहारमा पेट्रोलियम पर्दाथको अभाव हुन नदिन आपुर्तिलाई थप व्यवस्थापन गरेको जिकिर गरेका छन् । 

पेट्रोलियम पदार्थको मौज्दात भए पम्पहरुले कृत्रिम अभाव सिर्जना गरेपछि आमउपभोक्ताहरु बाध्य भएर महंगो मूल्यमा बोतलमा भरेर बेच्न राखिएको पेट्रोल खरिद गर्न बाध्य भएका छन् । तर स्थानीय प्रशासन भने यसतर्फ बेखबर रहेको पा्इएको छ ।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस