सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोना कहरमै बढ्यो २ पांग्रे सवारी साधनको कारोबार, माग धान्नै गाह्रो

२०७७ कार्तिक २५, ११:४४ विन्दु चन्द

धनगढी : कोरोना माहामारीका बाबजुत अटोमोबाइल्सको कारोबारमा ह्वात्तै बृद्धि भएको छ ।

कोरोना माहामारीका कारण जोखिम हुने भन्दै सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहहरु कम भएपछि २ पाँगं्रे सवारी साधनको माग बढेको छ ।  लकडाउनका बेला बन्द भएका अटोमोबाइल्सले कारोबार लकडाउन खुले यता उल्लेख्य बृद्धि भएको बताएका छन् ।

लकडाउन भएको गत चैतदेखि जेठसम्म २ पांग्रे सवारीसाधनको कम बिक्री भएपनि असार यता भने कारोबारमा बृद्धि भएको छ । चैतदेखि अहिलेसम्म होन्डा, टीभीएस, हिरो, यामाहा र बजाज कम्पनीका गरी धनगढीमा मात्रै २ हजार ५ सय ३७ वटा दुुई पांग्रे सवारीसाधन बिक्री भएका छन् ।

चैतदेखि हाल सम्म सबैभन्दा बढि धनगढीको हिरो कम्पनीको आधिकारिक बिक्रेता विशेष अटो मोटिभ्सले ९ सय ८७ वटा मोटरसाइकल र स्कुटर बिक्री गरेको छ । माग अत्यधिक भएपछि आपुर्ति गर्न नै सकस भएको हिरो मोटरसाइकलको अधिकृति बिक्रेता विशेष अटोमोटिभ्स प्राली धनगढीका प्रवन्ध निर्देशक पुष्कर ओझाले बताए ।

उनले सार्वजनिक सवारीसाधन प्रयोग गर्नेको संख्या घटेपछि २ पाग्रे गाडीको कारोबार बढेको बताउँदै माग अनुसार आपुर्ति गर्न समस्या भईरहेको जनाए ।

चैतमा २० वटा मात्र २ पांग्रे सवारीसाधन बिक्री गरेको विशेष अटोमोटिभ्सले कार्तिकको २३ दिनमा मात्र ३ सय ३९ मोटरसाइकल र स्कुटर बिक्री गरिएको जनाएको छ । बैशाखमा १५, जेठमा ४५, असारमा ९८, साउनमा १ सय ४५, भदौँमा १ सय ५ र असोजमा २ सय २० वटा मोटरसाइकल र स्कुटर बिक्री गरिएको छ ।

हिरोपछि बजाज कम्पनीको अधिकारिक बिक्रेता दिनेश अटोमोटिभ्सले कोरोना कहरमै ६ सय २१ वटा २ पांग्रे सवारीसाधन बिक्री गरेको छ । बैशाखमा ८, जेठमा ७९, असारमा १ सय ६ साउनमा ७७, भदौँमा १ सय ५ र असोजमा २ सय ५२ गरेर जम्मा ६ सय २१ वटा मोटरसाईकल र स्कुटर बिक्री गरिएको दिनेश अटोमोटिभ्सले जनाएको छ ।

यामाहा कम्पनतीका ५ सय ९६ वटा मोटरसाइकल र स्कुटर बिक्रि भएका छन् । चैतमा १२, वैशाखमा १३, जेठमा २३, असारमा ७२, साउनमा १ सय ३, भदौँमा ९१, असोजमा १ सय २१ र कार्तिकको १ सय ६१ गरेर जम्मा ५ सय ९६ वटा मोटरसाइकल तथा स्कुटर विक्री गरिएको आधिकारिक बिक्रेता श्वेता ट्रेड कन्सर्नले जनाएको छ ।

होण्डा कम्पनीका पनि कोरोना कहरमै ४ सय ५० मोटरसाइकल र स्कुटर बिक्री भएका छन् । होण्डाको आधिकारिक बिक्रेता बिक्रेता कुमारी एण्ड कर्माचार्य ट्रेडर्सका प्रबन्ध निर्देशक राम गोपाल कर्माचार्यले बैशाखदेखि अहिले सम्म ४ सय ५० सवारी साधन बिक्री गरिएको बताए ।

होण्डाले बैशाख र जेठमा ५५, असारमा ३०, साउनमा ३५, भदौँमा २५, असोजमा १ सय ५५ र कार्तिकमा १ सय ५० मोटरसाइकल र स्कुटर बिक्री गरेको छ । धनगढीमा टिभिएस कम्पनीको ३ सय २७ वटा मोटरसाइकल र स्कुटर विक्री भएका छन् ।

कोरोना कहर सुरु भएको चैतदेखि अहिले सम्म ती सवारीसाधन बिक्री गरिएको आधिकारिक बिक्रेता बागेश्वरी अटो मोवायल्सले जनाएको छ ।

चैतमा २२, बैशाखमा २०, जेठमा २३, असारमा ३३, साउनमा ८, भदौँमा ६०, असोजमा ७३ र कार्तिक ८८ गरेर ३ सय २७ मोटरसाइलकल र स्कुटर बिक्री गरिएको छ । अन्य महिनाको तुलनामा दशैँका बेला धेरै दुई पाङ्ग्रे सवारीसाधन बिक्री भएका छन् ।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस