सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा संक्रमणको जोखिमकैबीच खुलेका ब्युटीपालर ग्राहक नआउँदा सुनसान

२०७७ असोज ३०, ०१:०२ विन्दु चन्द

धनगढीः कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो बनाएपनि बढि भीडभाड र जोखिमयुक्त क्षेत्र खोल्न अनुमती दिएको छैन्। तीनै मध्येको ब्युटीपालर व्यवसाय पनि हो।

प्रशासनले सञ्चालानको अनुमती नदिएपनि  लामो समय बन्द हुँदा मारमा परेका व्युटीपालर सञ्चालक र ब्युटिसियन जबरजस्ती व्यवसाय सञ्चालनमा ल्याएका छन्। तर  संक्रमणको जोखिमका कारण ग्राहक नआउदा ब्युटीपालर भने सुनसान छन्।

व्यापार नहुँदा ब्युटीपालर सञ्चालक चिन्तित बनेका छन्। विगत डेढ वर्षदेखि धनगढीमा न्यु प्रितिलेडी व्युटिपार्लर र कस्मेटिक पसल सञ्चालन गर्दै आएकी निलम चौधरीले कोरोनाका कारण विगगमा जस्तो व्यापार नभएको बताइन्। उनले विगतमा दैनिक १०/ १२ हजार आम्दानी हुने भएपनि अहिले त्यसको आधा पनि आम्दानी नभएको बताइन्।

अहिले व्यापार घटेका कारण त्यो अवस्था छैन्। अन्य क्षेत्रका व्यापारी जस्तै उनीहरुलाई समेत घरभाडा, बिजुली पानीको बिल तिर्न समेत समस्या भईरहेको छ। दशैँ तिहारका बेला गत विगतका वर्षमा व्यापार फस्टाउने गरेकोमा यस वर्ष भने कोरोना संक्रमणले घटेको छ।

अहिले सामान्यतया थ्रेडीङ्घ गर्ने अथात् आँखी भौँ मिलाउने, कपाल काट्ने, डिप्लीजीङ्घ गर्ने महिला, किशोरी तथा युवती मात्र आउने गरको उनीहरु बताउँछन्। तर कतिपयले भने व्यापार नहुँदा दिनभर पसल कुरेर बस्नुको विकल्प नभएको बताएका छन्।

‘पोहोर सालको तुलनामा अहिले कमाइ छैन्, विगतमा दशैँका बेला धेरै राम्रो व्यापार हुन्थ्यो, खान बस्न पनि फुर्सद हुन्थेन तर अहिले भने फुर्सदमै दिन बिताइरहेका छौँ।’ धनगढीको ओम ब्युटीपार्लर सञ्चालन गर्दै आएकी मधुमाया श्रेष्ठले भनिन्।

तर सरकारले भने ब्युटीपालर सञ्चालनको अनुमती दिएको छैन्। सरकारले अनुमती नदिएपनि आर्थिक मन्दीका कारण आफुहरु व्यवसाय खोल्न बाध्य भएको उनीहरुले बताउँदै आएका छन्। सौन्दर्यकर्मी युनियन नेपाल धनगढीले पार्लरहरु खोल्नु पाउँनुपर्ने र घर भाडामा सहुलियत पाउँनुपर्ने भन्दै विभिन्न निकायलाई ज्ञापनपत्र समेत बुझाएको थियो।

धेरैको रोजी रोटीनै बन्द हुने अवस्थामा पुगेका कारण ब्युटीपार्लर तथा कस्मेटीक पसल खोल्न बाध्य भएको सौन्दर्यकर्मी युनियन नेपाल धनगढी नगर कमिटी अध्यक्ष सपना रोकायाले बताइन्।

उनले पार्लर खोल्न पाउँनुपर्ने र घरभाडामा सहुलियत पाउने पर्ने भन्दै विभिन्न निकायलाई ज्ञापन पत्र बुझाएको भए पनि अहिले सम्म कुनै सुनवाई नभएको समेत  बताइन्।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस