सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट विश्वभर ७८ नेपालीको मृत्यु, साढे ५ हजार संक्रमित

२०७७ वैशाख २८, ०७:५७

कोरोना भाइरसको संक्रमणले विश्वभर ७८ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण ७८ नेपालीको मृत्यु भएको जनाएको छ। यस्तै पाँच हजार ५ सय ८१ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ। संक्रमित मध्ये २ हजारभन्दा बढी निको भईसकेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना नेपालीको मृत्यु भएको छ। यस्तै संयुक्त राज्य अमेरिकामा १५ को मृत्यु भएको छ। उनीहरुमा  न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जि्नियामा १ जना नेपालीको मृत्यु भएको हो। संयुक्त अरब इमिरेट्स (युएई) मा ६ जना र आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन र स्वीडेनमा एक–एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनए स्वास्थ्य समितिले जनाएको छ।

कोरोना भाइरसका यो हप्ता थप ५ जना नेपालीले ज्यान गुमाएका हुन्। बेलायतमा थप २ तथा स्वीडेन, बहराइन र युएईमा एक–एक जनाले ज्यान गुमाएका छन्।  गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार कतारमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, युके एक हजार, बहराइनमा दुई सय ४५, युएईमा एक सय ४९, कुवेतमा ७८, नेपालमा १०९, मलेसियामा ४९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ।

यसैगरी स्पेन र अष्ट्रेलियामा १२÷१२ जना तथा जापान र क्यानडामा १०÷१० जना नेपाली संक्रमित छन्। बेल्जियममा ६, स्वीटजरल्याण्डमा ५ तथा जर्मनी र फिनल्याण्डमा ४÷४ जना नेपालीलाई कोरोना पुष्टि भएको छ। यसैगरी साइप्रस र न्युजिल्याण्डमा ३÷३ जना, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा २÷२ जना तथा म्यानमार र फ्रान्समा १÷१ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएनएले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस